Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिडियो सहितका कर्मचारीमा कोरोना, जिल्ला प्रशासन कार्यालय भोलि देखी बन्द

tribeni2

कालिकोट / कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा र सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठ लगायत केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटले बिज्ञप्ति जारी गर्दै कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकाले भोली ६ गते देखि एक हप्ताका लागि सबै सेवाहरु बन्द हुने जानकारी गराएको छ ।

हाल कालिकोट जिल्लामा कोरोना संक्रमितको संख्या ८९ पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमण दर तिब्र रुपमा बढ्दै गएकाले सबैलाई स्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्दै सचेत रहन आग्रह गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्