Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बेलायतमा इयुबाट बाहिरिने ब्रेक्जिटका लागि मतदान हुँदै

एजेन्सी २८ फागुन
tribeni2

बेलायत युरोपेली संघ इयुबाट बाहिरिने प्रकृया ब्रेक्जिटका लागि प्रधानमन्त्री थेरेसा मेएको प्रस्तावमाथि बेलायती संसदमा मतदान हुंदैछ ।

बेलायतको स्थानीय समय अनुसार संसदमा पूर्ण कार्यदिनको बहसपछि प्रधानमन्त्री मेएको प्रस्तावमाथि मतदान हुनेछ ।

प्रधानमन्त्री मेले इयूसँग दुई वर्ष लगाएर गरेको छलफलपछि तयार पारेको मस्यौदा सम्झौतामाथि सांसदहरूले मतदान गर्न लागेका हुन् ।

आफ्नो प्रस्तावमा मतदान हुने समय नजिकिएपछि प्रधानमन्त्री मेए संसदतर्फ लाग्नुभएको छ । सांसदहरूले प्रधानमन्त्री मेको प्रस्तावमा सहमति जनाए बेलायत यही मार्च २९ तारिखमा इयुबाट बाहिरिने छ ।

तर मे को प्रस्ताव असफल भए बेलायत कुनै सम्झौता विना नै इयुबाट बाहिरिने छ तर यो प्रकृया टुँगोमा पुग्न अझ केही समय लाग्ने बिबिसीले जनाएको छ ।

प्रधानमन्त्री मे को ईयूबाट बेलायतको बहिर्गमन सम्झौतालाई अधिकांश सांसदहरुले यसअघिनै अस्वीकार गरिसकेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  २०:०३
प्रतिक्रिया दिनुहोस्