Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अपाङ्गता भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा ऋषिदेव पक्राउ

पीडित किशोरी राम्रोसँग हिड्न र बोल्न सक्दिनन्
tribeni2

मोरङ / अपाङ्गता भएकी एक जना किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले एक युवालाई पक्राउ गरेको छ । जिल्लाको सुनवर्षी नगरपालिका–७ का २२ वर्षीय सुरेन्द्र ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो ।

शारीरिक रूपमा अपाङ्गता रहेकी र बोल्न नसक्ने १७ वर्षीया किशोरीलाई बुधबार साँझ बलात्कार गरेको आरोप ऋषिदेवमाथि छ । घरमा कोही नभएको मौका छोपेर उनले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

किशोरी राम्ररी हिँडडुल गर्न र बोल्न सक्दिनन् । किशोरीमाथि जबरजस्ती गरिरहेको आमाले देखेपछि गाउँमा होहल्ला भएको थियो । होहल्ला हुन थालेपछि घटनामा संलग्न उनी फरार बनेका थिए । पीडितले उजुरी दिएपछि फरार ऋषिदेव पक्राउ परेका हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्