Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राष्ट्रिय उद्योग व्यवसायी महासंघ जाजरकोटको भेला सम्पन्न

tribeni2
जाजरकोट / नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ जाजरकोटको भेला सम्पन्न भएको छ । बुधबार जिल्लाको सदरमुकाममा भएको उद्योगी व्यापारीहरुको भेलामा एमाले निकट व्यवसायीहरुको सिंगो जिल्ला कमिटी नेकपा (एकिकृत समाजवादी) निकट व्यवसायी महासंघमा रुपान्तरण भएको छ।

३१ सदस्यीय महासंघको अध्यक्षमा शिव विक्रम हमाल, उपाध्यक्ष ईश्वरी बहादुर खत्री, सचिव खिम प्रसाद नगरकोटी, उपसचिव रमेश श्रेष्ठ र शक्ति कार्की तथा कोषाध्यक्ष धनमाया खड्का रहेका छन । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कमान बहादुर खड्काले देश विकासमा उद्योगी व्यवसायीहरुको ठुलो भुमिका रहेको बताउनुभयो ।

नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष समेत रहेका खड्काले उद्योगी व्यवसायीहरुको पेशागत सुरक्षा र संरक्षण गर्न आफु लागि रहने बताउनुभयो ।

लामो समय देखि आफुपनि व्यवसायमा जोडिएकोले साना तथा मझौला व्यवसायीहरुको समस्याका बारेमा नजिकबाट परिचित रहेको बताउदै समस्या समाधानका लागि सक्दो पहल गर्ने खड्काको भनाई छ ।

उद्योगी व्यवसायीहरुको छाता संगठन जाजरकोट उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि केहि दिन मै निर्वाचन हुने भन्दै त्यसको नेतृत्व गर्ने गरी तयारी थाल्न केन्द्रिय सदस्य खड्काले पार्टी निकटका व्यवसायीहरुलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा पार्टी जिल्ला संगठन कमिटीका उपाध्यक्ष तप्त बहादुर हमाल, पार्टी प्रदेश कमिटी सदस्य देबेन्द्र प्रसाद शर्मा, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य भरत शर्मा लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो।

जाजरकोट उद्योग वाणिज्य संघको निर्वाचन तत्काल गर्नुपर्ने बाध्यता भएपछि जिल्लाका व्यवसायीहरु आन्तरीक तयारीमा जुटेका छन । डेढ वर्ष अघि नयाँ नेतृत्व चयन गर्नुपर्नेमा कोभिड १९ लगाएतका कारण हाल सम्म नयाँ नेतृत्व नयन हुन सकेको छैन ।

 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्