नेभिगेशन
घटना/दुर्घटना

आगो ताप्ने क्रममा शरीरमा सल्किएर ज्यान गयाे

सर्लाही/ सर्लाहीकाे गोडैता नगरपालिका-११,सिसौटियामा आगो ताप्ने  क्रममा जलेर एक जना वृद्धाको ज्यान गएको छ ।

घरमा आगो बालेर  ताप्दै गर्दा शरीरमा आगो सल्किएरपछि गम्भीर घाइते हुनुभएकी ७५ वर्षीया देवकली देवीको उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा गए राति बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

चिसो छल्न अहिले  गाउँघरमा आगो बालेर ताप्ने क्रम बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना