Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
घरदैलाेमा सरकार

जेष्ठ नागरिकले फाईवरको सिरक पाए -स्वास्थ्य जँचाए, वडा सरकारले अनुभव सुन्ने मौका पायो

२०७८ माघ ६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकाको २ नम्वर वडाले जनतालाई घर नजिकको सरकारको अनुभूति दिलाउने उत्कृष्ठ कार्य गर्दै आईरहेको छ । आज मात्र कार्यालयले वडामा भएका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई चिसोबाट जोगाउन फाईवरको सिरक वितरण गरेको छ ।

न्यानो कपडाका साथै उनीहरुलाई सम्मान तथा स्वास्थ्य जाँच समेत गरिएको २ नम्वर वडाका वडा अध्यक्ष जीवन केसीले मूलपाटीलाई जानकारी दिनुभयो ।

'हरेक बर्ष हामी यस खालका कार्यक्रम गर्दै आईरहेका छौ', वडा अध्यक्ष केसीले भन्नुभयो, 'जनताको नजिकको सरकारको अनुभूति दिलाउन हामी सँगसँगै हातेमालो गर्दैछौ । समाजका अतुलनीय योगदान दिने जेष्ठ नागरिक र फरक क्षमता भएका अपांगता भएका व्यक्ति हाम्रा अग्रज हुन्, सम्पति हुन् । हामीले हरपल सम्मान गर्न सक्नुपर्छ ।'

न्यानो कपडा वितरण कार्यक्रम सिस्ने गाउँपालिकाको चालु वर्षको दुई लाख ५० हजार बजेटबाट व्यवस्थापन गरेर वितरण गरिएको बताईएको छ । आज मात्र वडामा रहेका ९५ जना लक्षित वर्गका व्यक्तिहरुलाई फाइवर सिरक उपलब्ध गराईएको छ भने १५ जनालाई भोलि उपलब्ध गराईने छ । उक्त कार्यक्रमबाट लाभान्वित एक सय १० जना लक्षित वर्गका जनताको स्वास्थ्य परिक्षण पनि सँगै गरिने वडा अध्यक्ष के.सी.ले बताउनुभयो ।

जेष्ठ नागरिकका अनुभव सुन्न पाउँने अवसर

यस अवसरलाई वडा सरकारले जेष्ठ नागरिकका अनुभवहरुलाई सुन्न पाउने अवसरका रुपमा समेत लिएको वडा अध्यक्ष केसीले जनाउनुभयो ।

'यस पटक सबै जेष्ठ नागरिकलाई वडामै बोलाएर सम्मान गर्ने, न्यानो कपडा वितरण गर्ने र स्वास्थ्य परिक्षण गर्ने काम गर्यौ', वडा अध्यक्ष केसीले भन्नुभयो, 'हामीले यस अवसरमा उहाँहरुका अनुभव सुन्न पाउने र भेटघाट हुने मौकाको रुपमा पनि लाभ लिन पायौ ।'

हरेक बर्ष वडाले न्यानो कपडा वितरण गर्दै आईरहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्