Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमाले बाँफिकोटले ताेक्याे सबै वडामा इन्चार्ज

tribeni2

रुकुम पश्चिम / नेकपा एमाले बाँफिकोट गाउँ कमिटी रुकुम पश्चिमको बैठक सम्पन्न भएको छ। बिहिवार जिल्लाको बाँफिकोटमा बसेको बैठकले पालिकाका सबै वडाहरुको इन्चार्ज तोकेको छ ।

वडा नम्बर १ मा  दलबहादुर विष्ट, २ मा हातिराम बस्नेत, ३ मा तुलसा मल्ल, ४ मा विर्खे जैसी र ५ मा गणेश बहादुर केसीलाइ इन्चार्ज ताेकिएकाे छ भने वडा नम्वर ६ मा नवीन खत्री, ७ मा मन्जित कुसारी, ८ मा प्रकाश केसि, ९ मा दिपक गिरि र १० मा ब्युँझना पुनलाइ इन्चार्जको जिम्मेवारी ताेकिएकाे एमाले बाँफिकोट गाउँ कमिटी अध्यक्ष ब्युँझना पुनले जानकारी दिनुभयाे।

बैठकले पालिकाका सबै वडा कमिटीहरुमा बैठक तथा प्रशिक्षण कार्यक्रम संचालन गर्ने र पालिकामा अनेमासंघको भेला गर्ने निर्णय समेत गरेको छ।

पालिका अध्यक्ष ब्युँझना पुनको अध्यक्षता र सचीव ज्ञानेन्द्र धितालको संचालनमा सम्पन्न उक्त बैठकमा पार्टीका केन्द्रिय सदस्य चन्द्र बहादुर बिकको प्रमुख आतिथ्यता रहेको थियो  ।

बैठकमा  प्रदेश  कमिटी सदस्य नारायण कुमार शाह, विद्यापति रिजाल, जिल्ला अध्यक्ष नन्दराम देवकोटा, उपाध्यक्ष मनविर घर्ती, उपसचिव रचना मल्ल लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्