Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा भोलिदेखि खोप कार्ड अनिवार्य

tribeni2

रुकुम पश्चिम / भोलि शुक्रबार देखि जिल्लाका सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहिले अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले भोलीदेखि जिल्ला भित्रका सबै सार्वजनिक निकायबाट सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने जनाएको छ ।

गृह मन्त्रालयको निर्णय अनुसार गत पुस २९ गते जारी आदेशबमोजिम कार्यालय, होटल, रेस्टुराँ, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यानमा प्रवेश गर्दा अनिवार्य खोप कार्ड देखाउनुपर्ने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार खोप लगाएका व्यक्तिहरु कम जोखिमपूर्ण हुने मान्यता अनुसार खोप कार्डलाई आधारको रुपमा लिइएको हो ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले कोभिडको बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सबैले मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्