Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयका सबै लिखित परीक्षा स्थगित

tribeni2

काठमाण्डाै / लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयका सबै लिखित परीक्षा स्थगित भएका छन् । आज दुबै कार्यालयले सूचना निकालेर परीक्षा स्थगित भएको जानकारी दिएका हुन् । 

लोकसेवा आयोगले माघ महिनामा हुने भनिएका आफ्ना सबै लिखित परीक्षा स्थगित गरेको जनाएकाे छ । आयोगको आज बसेको बैठकले माघ मसान्तसम्मका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एकनारायण शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

आयाेगमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र माघ ११ गतेदेखि मसान्तसम्म सञ्चालन हुने पूर्वनिर्धारित सबै लिखित परीक्षा अहिलेका लागि स्थगन गर्ने र ती परीक्षा तथा फागुन एक गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम कम्तिमा ७ दिन पूर्व सूचनामार्फत पूनःतालिकीकरण गरी सञ्चालन गर्ने आयोगले जनाएको छ । लोक सेवाका अरु कार्यहरु भने यथावत सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयले पनि आउँदो आइतवारदेखिका सबै परीक्षा स्थगित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले माघ ९ गतेदेखिका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो । आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

काठमाण्डौ विश्वविद्यालयले यस अघि नै आफ्ना परीक्षा स्थगित गरिसकेको छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्