Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेप्टेकाँडामा अलपत्र छोडिएको टेलिकमको टावर निर्माण हुँदै

खोलागाउँ र त्यस आसपासमा टेलिकमको सेवा चाँडै सञ्चालन हुने
tribeni2
  • गोपालसिं खड्का

रुकुम पश्चिम / जिल्लाको चौरजहारी नगरपालिका ११ मा निर्माणाधीन नेपाल टेलिकमको टावर निर्माणको काम पुनः सुरुवात भएको छ ।

ठेकेदारको लापरबाही तथा कोरोना महामारीका कारण बिगत केही बर्षदेखि रोकिएको चौरजहारी नगरपालिका वडा नम्बर ११ नेप्टेकाँडामा निर्माणाधिन नेपाल टेलिकमको टावर निर्माणको कामले तिब्रता पाएको हो ।

उक्त टावर रुकुम पश्चिम लगायत सल्यान जिल्ला आसपासका जनतालाई लक्षित गर्दै निर्माण कार्य सुरु भएको थियो । चौरजहारी नगरपालिका वडा नम्बर १०, ११, १२, १३ र १४ लगायतका वडाहरुमा सञ्चारको पहुँच नहुदाँ स्थानीयहरुलाई निकै सास्ती हुने गरेको छ ।

अब उक्त निर्माणाधिन टावर संचालनमा आएपछि फोन गर्न कै लागि भएपनी २, ३ किलोमीटर हिडेर फोन गर्नु पर्ने बाँध्यताबाट मुक्ति पाइने स्थानीयहरुले बताएका छ्न ।

केही समय रोकिएको निर्माणाधिन टावर पुनः निर्माणकार्य हुन थाले पछि अनलाईन कक्षा पढ्नको लागि डाँडाकाँडा धाउनु पर्ने समस्याबाट मुक्त पाइने सोही ठाउँमा अध्ययनरत छात्रा विष्णु डाँगी लगायत अन्य विद्यार्थीहरुले खुसी व्यक्त गरेका छ्न ।

अबको केही दिनपछि निर्माणाधिन टावरको काम सम्पन्न भई नेपाल टेलिकमको सेवा सन्चालनमा आउने बताईएको छ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्