विप्लव माओबादीमा सरकारले लगायो प्रतिबन्ध

काठमाडौं २८ फागुन

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथी प्रतिबन्ध लगाएको छ । बालुवाटारमा आज बसेको मन्त्रीपरिषद बैठकले विप्लवमाथी प्रतिवन्धको निर्णय गरेको हो ।

विप्लवको पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै सरकारले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । 

“उहाँहरु (विप्लव नेतृत्वको पार्टी) ले राजनीतिक चरित्र गुमाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य हो । सोहीअनुसार सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको हो ।” उनले भने ।


सरकारले आह्वान गर्दा पनि सो समूह वार्तामा नआएको र विकासनिर्माणमा अवरोध पु¥याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने अवस्था आएको जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  २०:०३
प्रतिक्रिया दिनुहोस्