Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कोरोनाको तेस्रो लहर सुरु भएपछि ६ सय ७१ प्रहरी सङ्क्रमित

tribeni2

काठमाण्डौ / कोरोनाको तेस्रो लहर सुरु भएपछि नेपाल प्रहरीका ६ सय ७१ जना प्रहरी सङक्रमित भएका छन् ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले सङ्क्रमित उनीहरुको स्वास्थ्य अवस्था जटिल नरहेको समेत बताउनुभएको छ । उहाँले सङ्क्रमित हुने प्रहरीको संख्या थपिँदै गए पनि नेपाल प्रहरीको काम प्रभावित हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

दैनिक शान्ति सुरक्षा तथा अन्य गतिविधिमा कुनै जटिलता नरहेको उहाँको भनाई छ । प्रवक्ता केसीले फ्रन्ट लाइनमा खटिने प्रहरीका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको पनि बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्