Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सेवाग्राहिलाई खोप लगाउँदै सेवा दिदै

tribeni2

रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले कार्यालयमा आउने सेवाग्राहिहरुलाई कोरोना बिरुद्धको खोप लगाएर मात्र सेवा प्रवाह गरेको छ ।

शुक्रबार कार्यालयमा आएका सेवाग्राहिहरुलाई खोप लगाएर पालैपालो कार्यालयको सेवा दिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउँनुभयो । प्रजिअ घिमिरेका अनुसार मुसिकोट नगरपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएका सेवाग्राहिहरुलाई कोरोना बिरुद्धको खोप लगाईएको हो ।

आज मात्र ४५ जनलाई कोरोना बिरुद्धको खोप लगाएर कार्यालयले सेवा दिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज देखि सेवा लिन आउनेहरुलाई खोप कार्ड देखाएर मात्र सेवा प्रवाह गर्ने जनाएको थियो । धेरैजसो सेवाग्राहिले खोप नै नलगाएको पाईएपछि मुसिकोट नगरपालिकासँग सहकार्य गरेर कार्यालयमै खोप लगाउने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाले जनाउनुभयो । खोप कार्ड भएका सेवाग्राहिहरुले भने कार्ड देखाएर पालैपालो सेवा लिएका थिए ।

गृह मन्त्रालयको सर्कुलर अनुसार कार्यालय, होटल, रेस्टुराँ, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यानमा प्रवेश गर्दा अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएकोले जिल्लामा पनि उक्त निर्णय कार्यान्वयन गरिएको बताईको छ ।

जिल्ला प्रशासन कार्यालयले कोभिडको बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सबैले मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन आग्रह गरेको छ ।

रुकुम पश्चिममा भोलिदेखि खोप कार्ड अनिवार्य

 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्