Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुख भित्रको क्यान्सरबाट पीडित रुकुमका सुरेशको उपचार अभावमा निधन

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका एक युवाको क्यान्सरको कारण मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ७ निवासी ३२ बर्षका सुरेश महतको शुक्रबार निधन भएको हो ।

मुखभित्रको क्यान्सर रोगबाट पीडित महतको उपचारकै क्रममा रहेको अवस्थामा आफ्नै घरमा निधन भएको जनाईएको छ । महत लामो समयदेखि बिपि कोईराला क्यान्सर हस्पिटल चितवनमा उपचाररत हुनुहुन्थ्यो ।

छोरालाई बचाउन निकै मेहनत गर्दा पनि कमजोर पारिवारीक अवस्थाको कारण भरपर्दो उपचार गर्न नसकिएको उहाँका बुवा लालबहादुर महतले जनाउनुभयो । सहयोगी, इमान्दार तथा मेहनती सुरेशका बुवाआमा, श्रीमती र एक छोरा हुनुहुन्छ ।

उपचार प्रक्रिया धेरै महंगो भएको र उहाँको घरको आयश्रोतले उपचार गर्न मुश्किल भएपछि जिल्लास्थित सामाजिक अभियान्ताहरुले उहाँको उपचारको सहयोगार्थ सहयोग संकलन अभियान समेत सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्