Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नोको सेवन स्वास्थ्यका लागि फाईदै फाईदा

हिमालयन सिस्नो पाउडर बजारमा
tribeni2

स्वास्थ्यको हिसाबले अत्यन्तै फाईदाजनक र स्वादिष्ट रहेको सिस्नोको धुलो (पाउडर) हिमालय सिस्नो पाउडर उद्योग रुकुम पश्चिमले बजारमा ल्याएको छ ।

उद्योगले पश्चिम नेपालको उच्च पहाडि जिल्लाको चिस्यानयुक्त भु–भागमा ग्रामिण किसानहरुले प्राकृतिक रुपमा संकलन गरेको काँडे सिस्नोबाट कुनै पनि मिसावट बिना प्रशोधन गरी शुद्ध प्राकृतिक सिस्नोको धुलोको रुपमा यसलाई बजारमा ल्याएको जानकारी दिएको छ ।

सिस्नोको सेवनबाट स्वास्थ्यको लागि निम्न मुख्य फाइदाहरु हुने बताईएको छ ।

१. सिस्नोले मधुमेह, मुटुको रोग र क्यान्सर जस्ता दिर्घरोगसँग लड्ने क्षमताको विकास गर्दछ ।
२. यसले उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुर्‍याउँदछ ।
३. सिस्नोमा प्रशस्त मात्रामा भिटामिन, खनिज पदार्थ र श्वास्थ्यको लाथि आवश्यक रोग प्रतिरोधात्मक तत्व पाइन्छ ।
४. सिस्नो पाउडरको सेवन गर्भवती तथा बच्चालाई दुध चुसाउने महिलाहरुको लागि फाइदाजनक रहेको छ ।
५. घाउ तथा चोटपटक लागेमा निको बनाउन सहयोग पुर्‍याउँदछ ।
६. यसले मुटु तथा रक्त संचारमा सहयोग पु¥याई शरिरको तौल कायम गर्न मदत पुर्‍याउँदछ ।

सिस्नो पाउडरलाई दालसँग मिसाएर समेत पकाउन सकिने र नियमित रुपमा चियाको रुपमा समेत प्रयोग गरी स्वास्यलाभ प्राप्त गर्न सकिने जनाईएको छ ।

- (यो जानकारी हिमालयन सिस्नो पाउडर उद्योग रुकुम पश्चिमको सहकार्यमा तयार पारिएको हो ।)

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १०:०१
प्रतिक्रिया दिनुहोस्