Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा एक सय शैयाको नयाँ अस्पताल बन्ने

जग्गा प्राप्तीको काम सम्पन्न
tribeni2

रुकुम पश्चिम / जिल्लाकाे चौरजहारीमा एक सय शैयाको नयाँ अस्पताल बन्ने भएको छ ।

चौरजहारीको वडा नम्वर ३ मा उक्त अस्पताल निर्माणको लागि जग्गा प्राप्तीको काम भईसकेको चौरजहारी नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा प्राप्त योजना मध्य चौरजहारीमा अस्पताल निर्माणको योजना परेकोले त्यसको कार्यान्वयनको लागि नगरपालिकाले प्रक्रिया सुरु गरेको हो । शनिबार मात्र नगर प्रमुख बिशाल शर्माको अध्यक्षतामा बसेको बैठकले अस्पताल निर्माणको लागि प्रस्तावित ३५ रोपनी नम्बरी र २५ रोपनी ऐलानी जग्गाको निरिक्षण तथा नापजाँच गरिसकेको जनाएको छ ।

नगरपालिकाले अस्पतालको सम्पूर्ण पूर्वाधार निर्माणका लागि प्रस्ताव तयार गरेर सिफारिस गर्ने जनाएको छ । जग्गा प्राप्तीको काम पुरा भएकोले अस्पतालको पूर्वाधार निर्माणको काम यथासक्य अगाडि बढाउन संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेत र सहरी विकास तथा भवन निर्माण विभागमा अनुरोध गरिएको नगर प्रमुख बिशाल शर्माले जानकारी दिनुभयो ।

हाल नयाँ अस्पतालका लागि निरिक्षण गरिएको वडा नम्वर ३ को स्थान यस अघि सञ्चालनमा रहेको चौरजहारी अस्पताल देखि ३ किलोमिटर टाढा रहेको जनाईएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्