Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुतेको ओछ्यानमै जलेर नवजात शिशुको मृत्यु , आमा घाइते

tribeni2

रुकुम पश्चिम / जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर ६ शान्तिबजारमा आईतवार बिहान ओछ्यानमा आगो सल्किएर एक नवजात शिशुको मृत्यु भएको छ ।

सुतिरहेको ओछ्यानमा आगो सल्किदा स्थानिय रिमबहादुर रोकाका १९ दिने शिशु सुनिल रोकाको मृत्यु भएको हो।

बच्चालाई जोगाउँन खोज्दा २४ वर्षीया आमा निर्मला रोकाका दुईवटै हात पोलिएर घाईते हुनुभएको छ। शिशुको शव पोष्टमार्टमका लागि जाजरकोट जिल्ला अस्पतालमा लगिएको छ ।

चुल्हो नजिक ओछ्यान रहेको र आगो सल्किएपछि शिशुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) कृष्ण डाँगीले जानकारी दिनुभयो।

प्रहरी निरिक्षक डाँगीका अनुसार हात पोलिएर घाईते भएकी आमा चौरजहारी अस्पतालमा उपचारपछि घर जानुभएको छ। आमा कामले कोठा बाहिर गएको बेला ओछ्यानमा आगो सल्किएको जनाईएको छ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्