जनकपुरधाम अञ्चल अस्पताल तनावग्रस्त

धनुषा २८ फागुन

उपचारका लागि ल्याईएको विरामीको मृत्यु भएपछि जनकपुरधाम अञ्चल अस्पताल तनावग्रस्त बनेको छ ।

अस्पतालको आकस्मिक कक्षमा ल्याईएका मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने ५० वर्षिय रामनारायण मण्डलको आज समयमै उपचार नहुँदा मृत्यु भएको परिवारले आरोप लगाएका छन् ।

मृतकका छोरा रमेश मण्डलले चिकित्सकको लापरवाहीका कारण आफ्नो बुवाको मृत्यु भएको आरोप लगाएपछि ईमेरजेन्सीका चिकित्सकहरुले आफूलाई समेत कुटपिट गरेको गुनासो गरेका छन् ।

स्थिती तनावग्रस्त बनेपछि भिड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने, अस्पतालमा तनाव भएपछि उपचार सेवा पनि प्रभावित बनेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  २१:०३
प्रतिक्रिया दिनुहोस्