सोसल मिडिया
काठमाडौं / कार्यालयको सम्पर्कमा नहरेका १३ जनालाई सात दिन भित्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको छ ।
आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हवल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो ।
को को हुन् सम्पर्कमा नरहेका प्रहरी ?
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी हवल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन् । सिंह मंसिर १९ गतेदेखि र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा छैनन्।
यसैगरी प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एस.पी., दिल दीक्षित राज के.सी. पनि सम्पर्कमा छैनन् ।
हेर्नुहोस् सूचना