Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादी नेता वर्षमान पुन आज चीनबाट स्वदेश फर्किंदै

tribeni2

काठमाडौं । स्वास्थ्य उपचारको लागि चीन जानुभएका नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन (अनन्त) आज स्वदेश फर्कंदै हुनुहुन्छ ।

पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर विमानमार्फत उहाँ नेपाल आउन लागेको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिनुभएको छ ।

नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक जानुभएको थियो ।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि मंसिर १० गते चीन लगिएको थियो ।

हाल उहाँको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा रहेको पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्