Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा नाम मात्रको वडा कार्यालय, सिफारिस लिन वडा अध्यक्षको घर धाउदै सर्वसाधारण

tribeni2

इन्द्र बुढाथोकी
सल्यान/  सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा स्थानीय तह भए पश्चात् हालसम्म पनि १० र ११ नं वडाका वडावासिले वडा कार्यालय देख्न पाएनन ।
उक्त वडाको कामकाज वडा ७ को ढोरपिपल बाट हुने गरेको छ ।औपचारिक रुपमा कार्यालय स्थापना गरे पनि १० र ११ नं वडाको कामकाज समेत वडा ७ कै ढोरपिपलबाट सञ्चालन हुने गरेको स्थानीयको भनाइ रहेको छ ।
स्थानीय तहको निर्वाचन पश्चात् दुबै वडाको वडा कार्यालय वडा ११ को टाट्केमा स्थापना भए पनि कामकाज भने उक्त वडाले ढोरपिपलबाटै सञ्चालन गरेका थिए । हाल आएर उक्त दुबै वडाले कामकाज ढोरपिपलबाटै सञ्चालन गरिरहेको स्थानीयको दुखेसो छ ।

वडा १० को कुटिचौरमा हाल कार्यालय खडा गरे वडा अध्यक्ष मानसिं पुरी विरलै वडामा देखिने गरेका स्थानीय गुनासो रहेको छ ।
उक्त वडामा हालसम्म सडक पुगे पनि गाडि गुड्ने सक्ने अवस्था छैन । सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, खानेपानी, विकास पुर्वाधारमा पछि परेको उक्त वडामा विकासे कामका समेत सहि ढंगले नभएको गुनासो आएको छ ।

निर्वाचित जनप्रतिनिधि आए पनि वडा सरकारका प्रतिनिधि वडा कार्यालय हाजिर नहुदा समान्य सिफारिसका लागि नागरिक ४ घण्टा पैदल हिडेर ढोरपिपल वा वालुवासाग्रही आउने गरेका छन् ।गाविस हुदा सुख थियोे वरु हाल आएर दुख पाएको वडा १० अधिकांश स्थानीयको दुखेसो छ ।

वडा ११ का वडा अध्यक्ष विरबहादुर बुढा पनि त्यति धेरै वडा कार्यालय नगइ तल्लै ढोरपिपलबाट सिफारिस तथा वडाका कामकाज गरिरहेको भेटिन्छ । उक्त वडामा नगरपालिका कामकाजको लागि आउने जाने र सदरमुकाम सल्यान जानेहरुका लागि सोहि बाटो पर्ने भएकोले तेति धेरै नागरिकलाई वडाको कामकाजका लागि दुख नपाएको उनको भनाइ रहेको छ ।

११ न वडा अध्यक्ष बुढाका अनुसार पञ्जिकरणको काम बहायक अन्य काम वडा कार्यालय बाट नै भएको दावी गर्नु हुन्छ । वडामा कर्मचारीको अभावले गर्दा भने जसरी जनताको काम गर्न नसकिएको समेत स्वीकार गर्नु भएको छ । १० न वडा अध्यक्ष मानसिङ्ग पुरीले बाहिर हल्ला आए जस्तो नभएको बताउनु भएको छ ।

अध्यक्ष पुरीका अनुसार पञ्जिकरण बहायक अन्य काम वडा कार्यालय भैरहेको बताउनु भएको छ । कर्मचारी अभाव छ एक जना वडा सचीव हुनु हुन्छ उहाले १० र ११ नम्बर दुबै वडा हेर्नू हुन्छ । १० नम्बरमा त अहिले फोनले समेत काम गर्दैन अहिले पन्जिकरणको काम नेटवर्क विना सम्भावना छैन त्यसैले आफुहरुले जनताले भने अनुसार काम गर्न नसकेको समेत बताउनु भएको छ ।

उक्त वडामा सडक सञ्जाल जोडिएकोले आवतजावतमा पनि सहजता छ । तर १० नम्बर वडा वासि भने घण्टौ पैदल हिडेर दुख खेपिरहेका छन् । वडा सरकारले यो ५ वर्षमा निकै दुख दिइरहेको जनाएको छ । ५ वर्ष सम्म सडक सञ्जाल नजोडि नागरिकले विकासको प्रत्याभूति गर्ने पाएका छैनन् ।

उक्त वडामा पुग्ने सडक गाडि नगुड्ने,उकालो,सिधा ठाडो सडकमा भने वडा र नगरपालिका वर्षेनि करोडौं वजेट विनियोजित गरि खर्च गर्ने काम गरेको स्थानीयको भनाइ रहेको छ । बनगाड कुपिण्डे नगरपालिकाले समेत कार्यालय सञ्चालनका लागि दिएका सोलार,अन्य सामग्री वडा ७ कै ढोरपिपलमा राखिएको छ ।

पछिल्लो चरणमा भने स्थानीयले घोरविरोध गर्दै आएका छन् । बनगाड कुपिण्डे नगरपालिका अधिकास कामहरु सिफारिस गर्नको लागि वडा अध्यक्षहरुलाइ घरघर गएर खोजेर काम गर्नु पर्नेको अवस्था छ ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्