Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बेहुलीले गाउँ जाँदिन भनेपछि जन्ती रित्तो हात

tribeni2

भारतको उत्तर प्रदेशस्थित इटावा जिल्लामा एक बेहुलीले मण्डपबाटै विवाह गर्न अस्वीकार गरेकी छन् । बेहुलाको घर शहर वा बजारमा नभएको र आफू गाउँ जानु पर्ने भएपछि उनले विवाह अस्वीकार गरेकी हुन् ।

जिल्लाको चकरनगर तहसीलमा पर्ने बिथौली थानाको बन्सरी गाउँका विपिन कुमारको विवाह जलौन जिल्लाकी डोलीसँग भइरहेको थियो ।

विवाहको सबै कार्यक्रम सकेर अन्त्यमा अग्निकुण्डलाई सात फेरोको कार्यक्रम शुरु हुनै लाग्दा पण्डितले दुलहीलाई मण्डपमा बोलाए । त्यसपछि सिन्दुर हाल्ने कार्यक्रम शुरु भयो ।

दुलाहाले हातमा सिन्दुर लिएर सिउँदोमा हाल्न खोजेपछि बेहुलीले अर्कै रुप देखाएको जन्तीपक्षको दाबी छ । विवाहपछि आफू बन्सरी गाउँमा गएर बस्नु पर्ने बुझिएकाले सिन्दुर हाल्न नदिने र अग्निलाई फेरो लगाउने कार्य आफूबाट नहुने अडान दोहोर्याइन् ।

बेहुला पक्षले धेरै सम्झाउन खोजे तर उनी आफ्नो कुरामा अडिग रहिन् । बेहुली पक्षले पनि सम्झायो तर बेहुली टसको मस भइनन् । लगत्तै दुईपक्षबीच तनावको स्थिति बन्यो । घटनास्थलमा प्रहरी बोलाइयो । प्रहरीले पनि बेहुलीलाई सम्झायो, दुबै पक्षलाई बुझाउन खोज्यो तर कुरो मिलेन ।

अन्तमा बूढापाकाले हस्तक्षेप गरे । त्यसपछि आपसी लेनदेनको टुंगो लाग्यो । बेहुला र जन्तीपक्ष बेहुली नलिई गाउँ फर्के । -जनआस्थाबाट

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्