Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वडा अध्यक्ष र सचिवलाई कालोमोसो दलेको अध्यक्ष कमल थापाद्वारा जानकारी

tribeni2

बझाङ / बझाङमा एक वडा अध्यक्ष र वडा सचिवलाई नेत्र बिक्रम चन्द (विप्लव) का कार्यकर्ताहरुले कालोमोसो दलेका छन् । जिल्लाको बित्थडचिर गाँउपालिका–८ का वडाध्यक्ष र वडासचिवलाई विप्लव निकट अनेरास्वियू क्रान्तिकारीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

वडा अध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेको अनेरास्वियू क्रान्तिकारीका बझाङ जिल्ला अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापा र इन्चार्ज शंकर खातीले आज एक बिज्ञप्ती जारी गरेर वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा भत्ता दुरुपयोग गरेको आरोपमा उनीहरुलाई कालोमोसो दलेको जनाएका छन् ।

यसका साथै वडाको मोटरसाईकलमा मदिरा ओसापसार गरेको, सेवाग्राहिलाई सूचना माग्दा उल्टै धम्कि दिने गरेको, पार्टी बिरुद्ध सुराकी गरेको लगायतका आरोपमा उहाँहरुलाई कालोमोसो दलिएको जनाईएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्