Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका कृषिमन्त्री ११ लाख ऋणमा

tribeni2

सुर्खेत / कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीको बैंक खातामा ३ लाख र ११ लाख ऋण रहेको जनाईएको छ ।

मन्त्री शाहीले अर्कैको नाममा घरजग्गा रहेको र आफू ११ लाख ऋणमा रहेको विवरण सार्वजनिक गर्नुभएको छ । 

शाहीसँग मुगुको सोरु गाउँपालिका १ मा बुबा मानबहादुर शाहीको नाममा एक रोपनी पुर्ख्यौली र भक्तपुर चाँगुनारायणमा २ ठाउँमा १० आना जग्गा उनकी श्रीमती जालगेडी शाही र सुरेशबहादुर शाहीको नाममा रहेको उल्लेख छ ।

मन्त्री शाहीले उक्त सम्पत्ति पूरै ऋण गरेर खरिद गरेको उल्लेख गर्नुभएको छ । पुर्ख्यौली जग्गा बुबाकै नाममा मुगुको सोरु गाउँपालिका(१ मा २० रोपनी खेत रहेको छ ।

उहाँको पुर्ख्यौली पाँच तोला सुन श्रीमतीको नाक, कानका गहना, १ तोला चाँदी र तीन लाख रकम एनआईसी एसिया बैंकमा तलब भत्ता बापतको मौज्दात रहेको छ । उहाँले चार जनाको ११ लाख ऋण रहेको उल्लेख गर्नुभएको छ ।

गत कात्तिक ३० गते मन्त्री नियुक्त हुनु भएका मन्त्री शाहीले सम्पतिको स्रोत पुर्ख्यौली, तलबभत्ता र ऋण लिएको उल्लेख गर्नुभएको छ ।

कर्णालीका मुख्यमन्त्रीको सम्पत्ति : ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ–ठाउँमा जग्गा

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्