Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा काेराेना सक्रिय सङ्क्रमितको संख्या एक सय ३० पुग्याे

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको सोमबारसम्मको प्राप्त रिपोर्ट अनुसार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीका अनुसार जिल्ला अस्पताल सल्लेमा ११ जना‚ चौरजहारी नगरपालिकामा २ जना‚ त्रिवेणी गाउँपालिकामा २ जना र आठबीसकोट नगरपालिकामा ४ जनामा गरि जम्मा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सँगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १३० पुगेको छ । उनीहरु मध्ये ३ जना अस्पतालमा उपचाररत छन भने १२७ जना होम आइसोलेसनमा रहेका छन।

यसैगरी सोमबार सम्ममा १५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको सूचना अधिकारी ओलीले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्