सोसल मिडिया
प्रहरी नायव निरीक्षक प्रकाशचन्द्र घिमिरेबिरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाण पेश गरी सेवा प्रवेश गरेकोमा मुद्धा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी परिसर, जावलाखेलमा कार्यरत घिमिरेविरुद्ध मुद्दा दर्ता गरेको हो ।
घिमिरेले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी सेवामा प्रवेश गरी नियुक्ति लिई लाभ समेत लिएकोले उनीविरुद्ध मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।