Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जेसिबीले ठक्कर दिँदा वडा अध्यक्ष सहित दुई जना घाईते, वडा अध्यक्षको अवस्था गम्भिर

tribeni2

रुकुम पश्चिम / मंगलबार जाजरकोटको नलगाड नगरपालिकामा जेसिबीले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष डिल बहादुर सार्की र सोही वडाका जसन्तु खत्री घाईते हुनुभएको हो ।

आठबिसकोट नगरपालिकाबाट काम सकेर फर्कने क्रममा जाजरकोटको नलगाड नगरपालिका १० को रग्दामा जेसिबीले उहाँहरु सवार मोटरसाईकललाई ठक्कर दिएको नेकपा माओवादी केन्द्र आठबिसकोटका नगर अध्यक्ष रबि केसीले जानकारी दिनुभयो ।

घाईते मध्य वडा अध्यक्ष सार्कीको अवस्था गम्भिर भएपछि उपचारको लागि नेपालगंज पठाईएको र खत्रीको अवस्था सामान्य रहेको नगर अध्यक्ष केसीले बताउनुभयो ।

वडा अध्यक्ष सार्की नेकपा माओवादी केन्द्र आठबिसकोट नगर कमिटिका उपाध्यक्ष समेत हुनुहुन्छ भने खत्री सोहि पार्टीको वडा नम्बर ६ का अध्यक्ष हुनुहुन्छ ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्