Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रहरी जवानले रगत दिदा सुत्केरी महिलाको ज्यान बच्यो

tribeni2

रुकुम पश्चिम / अत्याधिक रक्तश्रावका कारण ज्यान जाेखिममा रहेकी एक सुत्केरी महिलालाई नेपाल प्रहरीका जवानले रगत दिदा ज्यान बचेको छ । आज मंगलबार जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा रहेकी एक सुत्केरी महिलालाई प्रहरी जवानले रक्तदान गर्नुभएको हाे ।

मुसिकोट नगरपालिका वडा नम्वर १३ सानचौरकी २३ वर्षीया सविता ओलिलाई प्रहरी जवान गणेश बिकले रक्तदान गर्नु भएको हो ।

जिल्ला अस्पतालमा सुत्केरी भएकी ओलीलाई अत्याधिक रक्तस्राव भएको थियो । रक्तस्रावकै कारण ओलिको शरीरमा रगतको अभाव देखिएपछि चिकित्सकले रगतको व्यवस्था गर्न भनेका थिए ।

अन्यत्र कतै रगत नपाएपछी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको सम्पर्कमा उहाँका आफन्तहरु पुग्नुभएको थियो । प्रहरी जवान गणेशले रक्तदान गर्नुभएपछि ओलीको ज्यान खतरामुक्त रहेको जिल्ला अस्पताल सल्लेले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्