Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अर्थमन्त्री जनार्दन शर्माद्धारा भन्सार महसुलमा इपेमेन्ट प्रणालीको शुरुवात

tribeni2

काठमाडौं / ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार महसुलको बिद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालिको शुरुवात भएको छ । बुधवार आयोजित एक समारोहका बिचबाट अर्थमन्त्री जनार्दन शर्माद्धारा उक्त कार्यको शुभारम्भ गरिएको हो ।

भन्सार महसुलको बिद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने भएका छन् । कार्यक्रममा बोल्दै अर्थमन्त्रीले 'अव घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्नमन्त्रीका अनुसार यस प्रणालीले व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचत लगातयका कार्यका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ भने  कर्मचारीहरूको काममा समेत सुधार गर्न मद्दत गर्नेछ ।

 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्