Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राष्ट्रिय सभाको १९ सिट मध्ये १ सिट मात्र एमालेको पोल्टामा

tribeni2

काठमाडौं/ राष्ट्रिय सभाको मतदानमा गठबन्धनले १८ सिटमा आफ्नो वर्चस्व कायम गरेको छ । १९ सिटका लागि भएको मतदानमा गठबन्धनले १८ सिट ल्याउँदा एमालेको पोल्टामा भने एक सिट मात्र परेको छ ।

नेकपा एमालेबाट प्रदेश १ का सोनाम ग्याल्जेन शेर्पाले बाजी मारेका हुन । उनलाई गठबन्धनबाट समेत मत क्रस भयो । शेर्पाले जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गरेका हुन ।

गठबन्धनलाई क्लिन स्वीप गर्नबाट असफल बनाएर शेर्पा चर्चामा पुगेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनाव हुदै गर्दा क्लिन स्वीपको दाबी गरेका थिए । गठबन्धनबाट उम्मेदवारहरु सबै भारी मतले विजयी भए । तर, क्लिन स्वीप भने सफल भएन । शेर्पाले एमालेको साख जोगाएर ‘म्यान अफ द म्याच’ भएका छन् ।

शेर्पालाई नेकपा एसका मतदाताले समेत मतदान गरेको चर्चा छ । नेकपा एसकी जयन्ती राईलाई नेकपा एमालेका मतदाताले समेत मतदान गरे । ४ प्रदेश सांसदको मत राईलाई गयो । जसका कारण सुमित्रा भण्डारी राईसँग पराजित भइन् ।

यतिसम्मकी प्रदेश १ मा नेकपा एसबाहेक नेपाली काँग्रेस र जसपाका उम्मेदवार दुवैलाई अन्तर्घात भयो । काँग्रेस उम्मेदवार गोपालकुमार बस्नेत भाग्यले विजयी भए । एमालेका गुरु बरालसँग मत बराबर हुँदा गोलाप्रथा गर्दा बस्नेतलाई भाग्यले साथ दियो ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्