Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा सबै भन्दा धेरै जनसंख्या आठबिसकोटको र कम त्रिवेणिको

tribeni2

रुकुम पश्चिम/ केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक नतिजा अनुसार रुकुम पश्चिमको जनसंख्या १ लाख ६६ हजार ३५४ पुगेको छ ।
जसअनुसार महिलाको जनसंख्या ८५ हजार २९१ छ भने पुरुषको जनसंख्या ८१ हजार ६३ पुगेको जनाएको हो ।

केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । तथ्यांक अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

रुकुम पश्चिम जिल्लाका ६ वटा पालिकाहरु मध्ये सबैभन्दा बढी जनसंख्या आठ्बिसकोट नगरपालिकाको रहेको छ भने सबैभन्दा कम त्रिवेणि गाउँपालिकामा रहेको छ ।

प्रारम्भिक नतिजा अनुसार रुकुम पश्चिम अन्तर्गत आठबीसकोट नगरपालिकाको जनसंख्या ३५ हजार ९२९, बाँफिकोट गाउँपालिकाको २० हजार ९४०, चौरजहारी नगरपालिको २९ हजार २५५, मुसीकोट नगरपालिकाको ३३ हजार ८७१, सानोभेरी गाउँपालिकाको २४ हजार ७७८ र त्रिवेणी गाउँपालिकाको जनसंख्या २० हजार ४६६ रहेको छ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्