Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गठबन्धनका तीन शिर्ष नेताहरुबिच भेट

tribeni2

काठमाण्डौं/ गठबन्धनका तिन शिर्ष नेताहरु प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा निर्वाचन आयोगले सरकालाई पालिका तहको चुनावको मिति तोक्न गरेको ताकेताका बिषयमा छलफल भएको बताइएको छ ।

गठबन्धनका बिषयमा सहमति जुट्न नसकेका कारण सरकारले अहिलेसम्म स्थानीय तहको मिति तोक्न सकेको छैन । यसअघि पनि गठबन्धन दल र शीर्ष नेताबीच पालिकाको चुनावबारे छलफल भएको थियो । तथापी ऐन संशोधन मार्फत पालिकाको चुनाव पछि सार्नेबारे छलफल हुदै आएको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्