Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेमा एक युवाको शव फेला

२०७८ माघ १४
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिका १ च्यारगार खोलामा एक युवाको शव फेला परेको छ । बिहिबार च्यारगार खोलामा सिस्ने १ लाम्पाखाका २५ वर्षे युवा जयबहादुर बुढाको शव भेटिएको हो ।

खच्चर मार्फत सिस्ने १ नायगाडबाट लाम्पाखाका लागि सामान ढुवानी गर्ने क्रममा बिहिवार खच्चर मात्र घरमा पुगेपछि बुढाको परिवारले निजको खोजिनिती गरेको थियो । घर परिवार गाउँलेहरुले खोज्दै जादा बिहिवार नै बुढाको शव उक्त खोलामा भेटिएको स्थानीयले बताएका छन् ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय नायगाडबाट शुक्रबार बिहान प्रहरी घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेश बहादुर श्रेष्ठ जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्