Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
वडा सरकार

रुकुमको एउटै वडामा चार हजार पाँच सय मिटर बाटो पिसिसी

वडावासीलाई रोजगारसँगै चिटिक्ककाे बाटो
tribeni2

रुकुम पश्चिमको एक वडामा चार हजार पाँच सय मिटर बाटो पिसिसी गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्वर ९ मा स्थानीय तहको निर्वाचनपछि उक्त सडक बनाईएको वडा अध्यक्ष नविन ओलीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष ओलीका अनुसार वडाका बिभिन्न टोलहरुमा गरेर चार हजार पाँच सय मिटर सडक पिसिसी गरिएको हो । वडावासीहरुलाई हिडडुल गर्न समस्या भएको गुनासोपछि आम समुदायको दैनिक कामकाजमा सहजता ल्याउन बाटाघाटाहरु ब्यवस्थित गर्न वडा सरकारले प्राथमिकता दिएको वडाअध्यक्ष ओलीले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रमको रकमबाट उक्त योजनाहरु सम्पन्न गरिएको हो ।

वडामा रहेको होल, लिङगुर टोलमा एक हजार नौ सय ५० मिटर, नमुना टोल चौखावाङमा नौ सय ६० मिटर, स्वारा कुन्सिम्ला टोलमा एक हजार एक सय ९० मिटर र होल्तारा अदुवारी टोलमा ४ सय मिटर सडक पिसिसी गरिएको वडा अध्यक्ष ओलीले मूलपाटीलाई जानकारी दिनुभयो ।

उक्त बाटो निर्माण गर्दा ७१ लाख ९९ हजार रकम लगानी गरिएको उहाँले जनाउनुभयो ।

वडा अध्यक्ष ओलीले निर्माण सम्पन्न भएका सडकहरु वडाका करिव दुई सय ४३ घरधुरिले दैनिक प्रयोग गरिरहेको दाबी गर्नुभययो । उहाँले एक घरका एक व्यक्तिले उक्त बाटो निर्माणका क्रममा रोजगार पाएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्