Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हजुरबुवाको सम्झनामा घट्टेखोलामा काठेपुल निर्माण

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठविसकोट-५ गोतामकोटमा काठेपुल निर्माण गरिएको छ । सोही वडाको घट्टेखोलामा काठेपुल निर्माण गरिएको हो ।

भण्डारी गाउँका लालबहादुर भण्डारीले आफ्नो स्वर्गीय हजुरबुबा प्रविर भण्डारीको सम्झनामा घट्टेखोलामा काठेपुल निर्माण गर्नुभएको हो ।

उहाँका हजुरबुबा प्रविरको १९९६ सालमा जन्म भएको थियो भने मृत्यु २०७८ मङ्सिर २९ गते भएको हो ।

करिब एक लाख लगानीमा उक्त काठेपुल निर्माण भएको भण्डारीले बताउनु भयो । बर्षातको समयमा घट्टेखोलाबाट वारपार गर्न समस्या हुने भएकाले पुल बनाइएको उहाँले जानकारी दिनुभयो ।

यसअघि बनाइएको काठको लप्को खोलाले बगाएपछि वारपार गर्न सास्ती भएको थियो । अब बार सहितको काठेपुल बनेकाले खोला वारपार गर्न सजिलो हुने स्थानीयको विश्वास छ ।

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्