डिल्लीराज बिश्वकर्मा

कुनै समय फोन गर्न पनि निकै सास्ती थियो, तीन चार घण्टाको बाटो हिडेर नेटवर्कले काम गर्ने ठाउँमा गएर आफन्तसंग कुरा गर्न बल्ल बल्ल सकिन्थ्यो । तर अहिले कोठा भित्रै 4G ईन्टरनेट सेवा फरररररर चल्छ ।

कुनै समय थियो घरमा आवश्यक पर्ने दैनिक सामानहरु चामल देखी नुनसम्म ल्याउन टाढाको बजारमा पैदल हिड्नु पर्ने बाध्यता थियो । अनी हामी ८/९ कक्षामा पढ्दा आवश्यक शैक्षिक सामाग्री लिन राडीबजार यात सदरमुकाम खलंगा जानु पर्थ्यो अहिले घर आगनमै सडक पुगेको छ गाडीहरु गाउँमै पुग्छन् ।

केहि वर्ष अघि हाम्रो गाउँका जनताले आफै चन्दा उठाएर छोराछोरीलाई पढाउनु पर्ने बाध्यता थियो अहिले शिक्षकहरूको तलब नगरपालिकाले बेहोरेका छन अनि यहाँका जनताले राहत महसुस गरेका छन् । गाउँमै प्राबिधिक धार तर्फको पढाइ भइरहेको छ विद्यार्थीहरुले अवसर पाएका छन् । सामान्य विषय लिएर ११ कक्षामा अध्ययन गर्ने केटाकेटी जाजरकोटको तल्लुबगर जानू पर्थ्यो अब नजिकै पढाइ सुरु भएको छ ।

अब हाम्रो गाउँमा बिजुलिको आवश्यकता छ, शुद्ध खानेपानीको आवश्यकता छ । कृषिको क्षेत्रमा विकास हुनु छ । पर्यटनको क्षेत्रमा विकास गर्न अझै बाँकी छ । सिंचाइका लागि प्रशस्त पानी हुदाहुदै पनि सदुपयोग हुन सकेको छैन । रोजगारी छैन । गरिबी हटेको छैन ।

(डिल्लिराज बिश्वकर्माको फेसबुक वालबाट)

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरेन्द्र केसी
२०७८ माघ १५

एसपी ढकाल
२०७८ माघ १५