Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा बन्दै प्रदेश स्तरिय क्रिकेट रंगशाला

tribeni2

रुकुम पश्चिम/ रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कर्णाली प्रदेश स्तरीय क्रिकेट रंगशाला निर्माण हुने भएको छ । यसका लागि आवश्यक प्रक्रया पुरा गरि यथासिघ्र निर्माण कार्य थालनी गर्न संघिय सरकारका अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई निर्देशन गर्नुभएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले शनिबार भेटका लागि अर्थमन्त्री शर्माको सरकारी निवास पुल्चोकमा पुग्नु भएको थियो । उक्त भेटमा संज्यालले क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । त्यसपछि अर्थमन्त्री शर्माले श्रोत सुचिश्चितताका लागि प्रक्रिया थाल्न परिषदलाई निर्देशन दिनुभएको हो ।

उक्त रंगशाला निर्माणका लागि ५५ करोड लागत अनुमान गरिएको छ । जसका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७८/०७९ मा ५ करोड बजेट बिनियोजन गरेको छ भने चौरजहारी नगरपालिकाले समेत रंगशाला निर्माणका लागि बजेट बिनियोजन गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  ११:०१
प्रतिक्रिया दिनुहोस्