Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटको 'भाईरल पुल' जोखिममा !

tribeni2

रुकुम पश्चिम/ रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा निर्माण गरिएको झोलुङ्गे पुलमा दुर्घटनाको जोखिम बढेको छ । बाक्लो आवत जावत, अवलोकन गर्नेहरुको संख्या वृद्धिसंगै पुलमाथिको तारजालिमा समेत झुन्डिएर फोटो तथा भिडियो बनाउनेहरुको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम बढेको हो ।

मुसिकोटको ब्रहाटाकुराबाट सल्ले जोड्नका लागि ७ महिना अगाडि डेढ करोडको लगानीमा उक्त पुलको निर्माण गरिएको थियो ।

बराहटाकुराको टुडिंखेलबाट सल्ले जोडिएको २ सय ३८ मीटर लामो झोलुङ्गे पुलको सल्ले पट्टिको भू-भाग भिरालो भएका कारण जोखिम बढेको स्थानीयको भनाई छ ।

खलंगा बजार देखि जिल्ला अस्पताल र सल्ले विमानस्थल सम्मको दूरी कम गर्नका लागि निर्माण गरिएको पुल पछिल्लो समय पर्यटकिय क्षेत्रको रुपमा परिणत हुन थालेको छ ।

पुल अवलोकनका लागि आउनेहरुको उपस्थितिले दिनहुँ पुलमा बाक्लो भीडभाड हुने गरेको छ। दैनिक फोटो खिच्ने, भिडियो बनाउनेहरुको भिड, सल्ले पट्टिको भाग ओरालो, कतिपय बेला पुलमाथिका तारमा समेत झुन्डिएर फोटो खिच्ने र भिडियो बनाउनेको संख्या दिनहुँ बढ्ने गरेको छ ।

समयमै सरोकारवाला निकायले यसको ब्यवस्थापनमा ध्यान नदिए कुनै पनि समयमा दुर्घटना निम्तिन सक्ने खतरा बढेको छ ।

 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्