Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मानव अधिकार रक्षक संजालको घोषणा पत्र सार्वजनिक

२०७८ माघ १६
tribeni2

रुकुम पश्चिम/ महिला मानव अधिकार रक्षक संजाल रुकुम पश्चिमले आफ्नो केन्द्रीय संगठनले १८ औं परामर्श गोष्ठी तथा १४ औं वार्षिक साधारण सभाद्वारा पारित गरिएको घोषणा सार्वजनिक गरेको छ।

आइतबार जिल्ला सदरमुकाम मुसिकोटमा पत्रकार सम्मेलन मार्फत संजालले उक्त घोषणा पत्र सार्वजनिक गरेको हो ।
'महिला मानव अधिकार रक्षकको सम्मान, पहिचान र सुरक्षा:चुनौती र अवसर' भन्ने नाराका साथ महिला मानव अधिकार रक्षक संजालले पौषको १२ र १३ गते १८ औं राष्ट्रिय परामर्श गोष्ठी तथा १४औं साधारण सभा सम्पन्न गरेको थियो ।

उक्त घोषणापत्रमा संजालले विभिन्न निकायहरुसङ्ग मानव अधिकार मैत्री समाज निर्माणका लागि मागहरु राखेको छ भने मानव अधिकारको संरक्षण र प्रबर्द्धनका लागि सधैं लागि रहने प्रतिबद्धता समेत जनाएको छ ।

कार्यक्रम महिला मानव अधिकार रक्षक संजाल जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष ब्युँझना पुनको अध्यक्षता केन्द्रिय सदस्य कल्यानी खड्काको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति उपप्रमुख इन्दिरा बि एम, त्रिवेणि गाउँपालिका उपप्रमुख निर्मला बिष्टको आतिथ्यता र संजालकै सदस्य मेनुका परियारको संचालनमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्