Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
सहिद दिवस

सहिदहरुकै कारण संघीयता आएको हो : प्रदेश सभामुख घर्ति

रुकुम पूर्वमा चार सहिदका सालिक राखियो
२०७८ माघ १६
tribeni2

रुकुम पूर्व / लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तिले सहिदहरुकै कारण मुलुकमा संघीयता आएको बताउनुभएको छ ।

आज रुकुम पूर्वको रुकुमकोटमा सहिद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सभामुख घर्तिले राजनीतिक नेतृत्वले अब देशमा फेरि रगत बगाएर सहिदहरु बनाउने काम गर्न नहुने समेत बताउनुभएको छ । सभामुख घर्तिले संघीयतासँगै वर्तमानका उपलब्धिहरु सहिदकै योगदानबाट आएको जनाउनुभयो ।

सहिद दिवसको अवसरमा रुकुम पूर्वमा आज स्थापना गरिएका चार जना सहिदहरुको शालिक अनावरण गर्नुहुदै सभामुख घर्तिले देशलाई समृद्ध र जनतालाई सुखी बनाउन तर्फ सबै राजनीतिक दलहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा स्थापना गरिएका शालिकको सभामुख घर्तिसँगै सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले सयुक्त रुपमा अनावरण गर्नुभएको हो । सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गङगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको सालिक सालिक अनावरण गरिएको हो ।

 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्