सोसल मिडिया
६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
आगामी असारभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको समग्र काम हाल ९० प्रतिशत पूरा भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए ।
उनका अनुसार आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रसारण लाइन विस्तारको कार्य ९५ प्रतिशत काम पूरा भएको छ ।