Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका एक जनाको कोरोना संक्रमणबाट मृत्यु

tribeni2

नेपालगञ्ज / कोरोना संक्रमणको कारण रुकुम पश्चिमका एक पुरुषको नेपालगञ्जमा निधन भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ६ का ६५ वर्षीय कोरोना सक्रमित पुरुषको बाँकेको भेरी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार माघ १५ गते भेरी अस्पतालमा पीसीआर गरिएका उहाँँलाई १६ गते कोभिड वार्डमा भर्ना गरिएको थियो ।
कोभिड विरुद्धको कुनै पनि खोप नलगाएका कारण उहाँको अवस्था गम्भीर भएको अस्पतालको भनाई छ ।

पछिल्लो समय सिकिस्त हुने तथा मृत्यु हुनेमा अधिकांश कोरोनाको कुनैपनि खोप नलगाएका संक्रमितहरु बढी रहेको बताईएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेकाअनुसार अहिलेसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका स्थानीय वासिन्दामध्ये ३ सय ४६ जनाको कोभिडबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्