Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विप्लव निकट पत्रकारहरुले बुझाए पत्रकार महासंघलाई ज्ञापनपत्र

tribeni2

रुकुम पश्चिम / नेत्र बिक्रम चन्द ‘विप्लव’ निकट जनपत्रकार संगठन नेपाल रुकुम पश्चिमले नेपाल पत्रकार महासंघ रुकुममा ज्ञापनपत्र पेश गरेको छ ।

संगठनले श्रमजीवी पत्रकारहरुको पारिश्रमिक, पेशागत सुरक्षा, महासंघमा सदस्यता शुद्धिकरण लगायतका सात बुदे माग सहित मंगलबार ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा पत्रकारहरुको सुरक्षा तथा पारिश्रमिक, कोरोनाका कारण रोजगार गुमाएका संचारकर्मीहरुको पुनस्र्थापना, राहत तथा स्वास्थ्य उपचार, पत्रकारहरुको बिमा, सदस्यता शुद्धिकरण लगायतका माग राखिएको छ ।

जनपत्रकार संगठनको तर्फबाट जिल्ला संयोजक गमानसिं घर्तिद्वारा हस्ताक्षरित ज्ञापनपत्र महासंघका अध्यक्ष लक्ष्मण केसीलाई बुझाईएको हो ।

ज्ञापनपत्रमा पत्रकार महासंघको आर्थिक कारोबारमा आर्थिक पारदर्शिता, बिज्ञापनहरुको समानुपातिक व्यवस्था, पत्रकारहको क्षमता विकासका कार्यक्रमहरु गर्न माग समेत गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै महासंघका अध्यक्ष लक्ष्मण केसीले जिल्ला शाखासँग सम्बन्धित मागहरु शाखाले समाधान गर्ने र प्रदेश समिति र केन्द्रिय समितिसँग जोडिएका मागहरु आजै सम्बन्धितलाई पठाई सकिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्