समाचार प्रभाव

लथालिंग खानेपानी आयोजना व्यवस्थित हुदै

मुहानमा र कुमाख लेखमा टंकी निर्माण गर्न काम सुरु
  • गोपालसिं खड्का

रुकुम पश्चिम / लथालिंग अवस्थामा रहेको जिल्लाको एक खानेपानी आयोजना व्यवस्थित हुने भएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर १४ को तिमीले तथा सानीभेरी गाउँपालिका १० चिन्तुको बस्तीलाई लक्षित गरेर पाखापानी लुगाधुनेखोला ग्रामीण सौर्य खानेपानी आयोजना चौरजहारी नगरपालिकाले जिम्मा लिएपछि व्यवस्थित हुने भएको हो ।

आ.व. ०७१/०७२ मा सुरु गरेको खानेपानी आयोजना निर्माण काम अस्तव्यस्त भएपछि 'एक करोड लगानी भएको खानेपानी योजना पुरा नहुँदै लथालिंग' शिर्षकमा मूलपाटीमा समाचार समेत प्रकाशन भएको थियो ।

एक करोड लगानी भएको खानेपानी योजना पुरा नहुँदै लथालिंग

समाचार लगत्तै नगरपालिकाले झन्डै एक करोडको लगानी गरेर काम थालेको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो । मुहानमा पर्याप्त पानी हुदाँहुँदै संरचना निर्माणमा कमि देखिएकोले पुनः मुहानदेखि नै निर्माण कार्य गर्न थालेको नगर प्रमुख शर्माले बताउनुभयो । अहिले प्रदेश सरकारको ३० लाख बजेटबाट आयोजना विस्तारको काम सुरु गरिएको छ । 

मुहानमा २०, ३० हजार घनलिटर पानी अटाउने टंकी ७५ एमएमको जिया पाइप, नयाँ सोलार सिस्टम र प्रत्येक टोल तथा घर घर पुग्ने पाईप नगरपालिकाले उपलब्ध गराउने उहाँले उल्लेख गर्नुभयो । यसका लागि आर्थिक तथा प्राविधिक सहयोग समेत नगरपालिकाको रहने पाखापानी लुगाधुनेखोला ग्रामीण सौर्य उर्जा उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर केसीले जनाउनुभयो ।

बञ्चरे कुमाख टिलोहाल्न बिष्टगाँउ र पातलका लागि भने छुट्टै टंकी पाएप सोलार सिस्टम पनि नगरपालिकाले नै उपलब्ध गराईदिने समितिका अध्यक्ष केसीको भनाइ छ ।
अबको एक महिना भित्र सम्पन्न गर्नका लागि मुहानमा र कुमाख लेखमा टंकी निर्माण कार्य अघि बढिसकेकोे छ ।

निर्माणले पुर्णता पाए चौरजहारीका एक सय १० र सानीभेरीका ४० घरधुरी लाभान्वित हुनेछन् ।

 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्