Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्थानीय तहको निर्वाचन जेठ ४ मा एकै चरणमा गर्ने सरकारको तयारी

tribeni2

काठमाडौं / सरकारले २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ।

आज बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव यही जेठ ४ मा गर्ने भएकोले तयारी थाल्न आग्रह गर्नुभएको छ ।

जेठ ४ मा स्थानीय चुनाव गर्ने भनेर सरकार र निर्वाचन आयोग बिच आज छलफल भएको थियो । प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट स्थानीय तह निर्वाचनको मिति तोक्ने बताउनुभएको छ ।

आयोगसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले राम्रोसँग निर्वाचन तयारी गर्न आयोगलाई भन्नुभएको छ भने अब बस्ने क्याबिनेटबाट चुनाव मिति तोक्ने बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्ने पनि बताउनुभएको थियो । ०७४ सालमा वैशाख, असार र असोजमा गरी तीन तहमा स्थानीय चुनाव भएको थियो।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्