Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एक जना नक्कली ‘असई’ पक्राउ

tribeni2

काठमाण्डाै / आफूलाई प्रहरी सहायक निरीक्षक (असई) भएकाे बताउँदै ढाँट्ने एक व्यक्ति काठमाण्डाैबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरकाे सूर्यविनायक नगरपालिका ८ डाेलेश्वरका साेनाम तामाङ रहेका प्रहरीले जनाएकाे छ । 

आज बुधवार दिउँसाे भद्रकाली चेक प्वाइन्टमा जाँच गर्ने क्रममा तामाङले आफू असई भएकाे बताएपछि प्रहरीलाई शङ्का लागेकाे थियाे । त्यसपछि खाेजी गर्दा उनकाे साथबाट असईकाे ड्रेस र दर्ज्यानीसमेत लगाएकाे आठ वटा पासपाेर्ट साइजकाे फाेटाे फेला परेकाले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

घटनाको सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेकाे महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयाे । 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्