Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माटोको ढिस्कोले पुरिएर एक महिलाको घटनास्थलमै मृत्यु

tribeni2

हुम्ला / जिल्लाको खार्पुनाथ गाउँपालिका– १ को पिउस गाउँकी एक जना महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । घर लिपपोट गर्ने माटो खन्दैगर्दा माथिबाट आएको ढिस्कोमा पुरिएर महिलाको मुत्यु भएको हो ।

पिउस गाउँका ४० वर्षीय देबकी शाहीको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । बुधबार बिहान वनमा पशुबस्तुका लागि सोतर संकलन गरी खाना खाएर गाउँभन्दा एक किलो मिटर टाढाको मुसेडीमा घर लिपपोट गर्ने माटो लिन गएका बेला पुरिएर उहाँको मृत्यु भएको स्थानीयले जानकारी दिए ।

तीन जना महिला माटो लिन गएका थिए । दुई जना बाहिर बसेको र एक जना भित्र खाल्डोमा माटो खन्दै गर्दा ढिस्को खसेर पुरिएर घटनास्थलमै मृत्यु भएको बताईएको छ । मृतक शाहीका चार जना छोरी र दुई छोरा छन् ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्