Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विप्लवको बन्दको प्रभाव राजधानीबाहिर

काठमाडौं ३० फागुन
tribeni2


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण देशका विभिन्न भागमा प्रभाव देखीएको छ । पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा गरेको बन्दमा काठमाण्डौं उपत्यकावाहेक अन्य जिल्लाहरुमा यातायात सेवा प्रभावित भएको छ ।

काठमाण्डौं उपत्यका बाहेक प्रदेश ३ का १० जिल्लामा सवारी साधन कम सञ्चालन भएको प्रदेश ३ ट्राफिक प्रहरी कार्यालय रामनगरले जानकारी दिएको छ ।

चार पांग्रे सवारीसधानको तुलनामा मोटरसाइकल बढी सञ्चालनमा रहेका छन् । ट्राफिक कार्यालयका अनुसार दैनिक १० हजारको हाराहारीमा सवारी साधान गुड्ने नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवगमन पातलो छ ।

यस्तै दैनिक करिब १४ हजार सवारी साधान गुड्ने पूर्व–पश्चिम राजमार्गमा पनि लामो दूरीका गाडी कम गुडेका छन् । काठमाडौं उपत्यकामा भने यातायातका साधनहरु निर्वाधरुपमा चलिरहेका छन् ।

कडा सुरक्षा व्यवस्थाका कारण उपत्यकामा सवारी साधनहरु सामान्य अवस्थामै चलेको प्रहरीले जनाएको छ । लामो दूरीका गाडी भने कम चलेका छन् ।

उपत्यकाबाट बाहिरिने तथा भित्रने सवारीका साधनहरु अरु दिनको तुलनामा चलेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विप्लवको बन्दका कारण अधिकांश निजी विद्यालयहरुले पठनपाठन बन्द गरेका छन् ।

यस्तैगरी प्रदेश १ का १४ जिल्लामा आंशिक प्रभाव परेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरीले जनाएको छ । दुई नम्बर प्रदेशका जिल्लाहरुमा पनि बन्दको प्रभाव परेको छ ।

रौतहटको चन्द्रपुर र वृन्दावन नगरपालिकाको सीमा क्षेत्रमा पर्ने हर्षाह चोकको नहरमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद बस्तु बम भएको आशंकामा डिस्पोज गर्न पुगको सेनाको टोलीले प्रेसर कुकरभित्र कागजका टुक्राहरुमात्र भेट्ठाएको छ ।

प्रमुख सेनानी सुजन शाक्यका अनुसार आज बन्दको आह्वान गरेको विप्लव समूहले नै त्रास फैलाउन उक्त शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

रौतहट, बारा, पर्सा, सर्लाही, जनकपुर लगायत प्रदेश दुईका जिल्लाहरुमा पनि यातायात, शिक्षणसंस्था ठप्प छ भने मुख्य–मुख्य चोकहरुमा बिहानैदेखि बाक्लो सँख्यामा जनपथ तथा सशस्त्र प्रहरी खटिएका छन् ।

चितवनका विभिन्न चोकमा शंकास्पद वस्तु फेला परेको छ । नवलपुरको कावासोतीमा बम विष्फोट भएको छ । गैँडाकोटमा दुई स्थानमा भेटीएको बम प्रहरीले निष्क्रिय पारेको छ ।

सुदुरपश्चिमको कैलालीमा ठाउँ ठाउँमा रुख ढालेर बाटो अबरुद्ध भएको छ । बिहान जन्ती बसमा आगजनी भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १७:०३
प्रतिक्रिया दिनुहोस्