Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उत्पादन बृद्दिका लागि 'बायोचार' अवलम्बन गर्दै तलिगाउँका किसान

माटोको उर्वरा शक्ति बढाउन 'बायोचार' उपयोगी
tribeni2

रुकुम पश्चिम / बालिमा अनावश्यक रुपमा प्रयोग हुने बिभिन्न बिषादि तथा रसायनका कारण माटोको उर्वरा शक्ति घट्दै जान थालेपछि चिन्तित बनेका जिल्लाको त्रिबेणी गाउँपालिकाका वडा नं १ तलिगाउँका किसानहरु अहिले भने बैकल्पीक 'बायोचार' अवलम्बन गर्न थालेका छन् ।

तलिगाउँका २८ घरधुरीका किसानहरुले बायोचार अवलम्बन गर्न थालेका हुन् । माटोमा चिस्यान कायम राखिराख्न र माटोको उर्वरा शक्तिको गुणस्तर सुधार गर्न बायोचारको महत्वपूर्ण भूमिका हुने गर्दछ ।

पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) रुकुमको सहयोगमा बायोचार नमूना टोलको अभ्यास तलिगाउँमा सुरु गरिएको हो । 

आशा आयोजना रुकुमका कृषि विज्ञ शंकर न्यौपानेले उत्पादनमा बृद्धि गर्नलाई किसानहरुकै अग्रसरतामा बायोचार निर्माण सम्बन्धि सीप प्रदान गरिएको बताउनुभयो ।

वनमा हुने मिचाहा प्रवृतिका झारहरुबाट सजिलै बनाउन सकिने र यसको प्रयोगबाट उत्पादनमा समेत बृद्दि हुने भएकोले यो प्रबिधि निकै उपयोगि हुने कृषि विज्ञ न्यौपानेले उल्लेख गर्नुभयो ।

आशा आयोजनाले त्रिबेणी गाउँपालिका १ तलिगाउँमा किसानहरुलाई बायोचार नमूना टोल स्थापना सम्बन्धि एक दिने अभिमुखिकरण तथा बायोचार निर्माण सीप प्रदर्शनी कार्यक्रम समेत सम्पन्न गरेको छ । जसबाट किसानहरु प्रत्यक्ष लाभान्वित भएको बताईएको छ ।

जलवायू अनुकूलनका क्रियाकलापहरु अन्तर्गत किसानहरुलाई अनुकूलित हुने उपायहरु मध्येको एक उपाय बायोचार आवलम्बनमा किसानहरुलाई प्रोत्साहित गर्दै लगिएको आशा आयोजनाका जिल्ला आयोजना संयोजक खिमराज वलीले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्