Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

धुलियाबीटमा करेन्ट लागेर एक युवाको निधन

tribeni2

सुर्खेत / सुर्खेतमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर–११ धुलियाबीटमा स्थानीय २२ बर्षका भुवन बुढाको बिहीबार दिउँसो मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रहरीका अनुसार घरमा जोडेको बिजुलीको तार बाँसमा राखेर अग्लो बनाउन खोज्दा करेन्ट लागेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले उक्त घटनामा परेर २० वर्षका स्थानीय दुर्गा रोकाया घाइते भएको बताउनुभयो । घाइते रोकायाको सुर्खेतको देउती अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्